Thursday, July 12, 2012

speech

 आजका यस् कार्यक्रमका सभापति मोहदय,यसकार्यक्रमका प्रमुख अतिथी ,रोटरी क्लब डिल्लिबजार काठमाडौंका अध्यक्ष्य मोहदय श्री डा उदय राज शर्मा ज्यु ,ड्याशमा  अश्रित अथिती ज्युहरु ,आदरनिय अभिभाबक ज्युहरु ,बिभिन्न बिधलयका प्रिन्सिपल ज्युहरु ,हाम्रो निम्तोलाई सुइकार गेरेर आउनु भएका सम्पूर्ण महानुभाव ज्युहरु ,शिक्षक कर्मचारी साथीहरु र प्यारा भाई बहिनिहरुलाई आजको यस एस एल  सि उतिर्ण भाई बहिनिहरुको सम्मान तथा गत बर्ष बिभिन्न कक्षामा  उत्क्रिष्ट  नतिजा ल्याउने भाई बहिनिहरुको पुरुस्कार बितरण समारोमा  स्वागत तथा यो बिहानी नमस्कार टक्राउन चाहन्छु । आज हामी अत्यन्त हर्शित छौ किन भने हाम्रो बिधालयले लामो प्रतिक्षा पछी  आफ्ना बिद्यार्थीहरुलाई एस एल सि बोर्डमा  पहिलो पटक समाबेश गराएर  उक्रिष्ट नतिजा ल्याउन सफल भएको छ । ११ जना बिद्यार्थीहरुमा ३ जना डिस्टिङ्ग्सन र अन्य ८ जना फस्ट डिविजन ल्याउन सफल भएकाछन। यसको लागि सपूर्ण बिद्यार्थी भाई बहिनी तथा शिक्षक साथीहरुलाई बधाई तथा मुरी मुरी धन्यवाद दिन्छु । आगामी बर्षमा अझ उत्कृष्ट नतिजा ल्याउने छौ भन्ने कुरा सम्पूर्ण अभिभावकलाई विश्वाश दिलाउन चाहन्छु ।  अहिले बिधालयले बिद्यार्थीहरुको बौदिक बिकास लागि बिभिन्न ज्ञान बर्दक पुस्तकहरुको एउटा स्तरिय पुस्तकालयको ब्यबस्ता गरिएको छ भने बिद्यार्थीको शारीरिक बिकासका लागि बिभिन्न  खेलकुद तथा उनिहरुको कौसलता र प्रतिभाको  बिकासको लागि बिभिन्न अतिरिक्त कृया कलापका कार्यक्रमहरु सन्चालन गरिदै आएकाछौ। बिद्यार्थी भाई बहिनिहरुमा सामाजिक दायित्वको बिकास गर्न हामीले बिभिन्न सामाजिक कार्यक्रम गराउदै आएकाछौ । बिधालयको क्षेत्र सानो भए पनि यस ठाउलाई गार्डेन र किचेन गार्डनको  ब्यबस्ता गरेर एउटा ब्यवारीक शिक्षण प्रणालीको  सुरुवातको सानो प्रयास बिधालयले गरेकोछ ।
आज एउटा खुशी कुरा अभिभावकसङ्ग  के शेयर गर्न चाहन्छु भने हाम्रो बिधालयले अस्ट्रेलियाको पल्टेनी ग्रामर स्कुलसङग एउटा सिस्टर रिलेसन बनाउन सफल भएको छ  जस अनुसार आउदो असोजमा सो बिधालयबाट १३ जना बिद्यार्थी अर ४ जना शिक्षकहरु, बिद्यार्थी आदान प्रदान कार्यक्रम आउँदै हुनुहुन्छ भने हामीलाई पनि केही बिद्यार्थीसाथ निकट भबिश्यमा अस्ट्रेलिय भिजिट गर्ने अब्सर प्राप्त हुने कुरा यहाँहरुलाई शेयर गर्न चाहन्छु। यस कार्यक्रमले दुबै देशका बिद्यार्थीहरुलाई नया कुरा सिक्ने मौका हुने र उनिहरुमा आत्म विश्वाश बढ्ने कुराको कुनै दुईमत छैन। हाम्रो बिधालयले आज निजी क्षेत्रको शिक्षा, सबैको पहुचको बन्न सकोस भन्ने कुरालाई ध्यान दिएर करिब ३३% बिद्यार्थीलाई छात्रब्रिती प्रदान गरेको छ । यसले बिधालय सन्चालन पक्कै केही अप्ठेरो प्रस्थिती होला । तर बिधालय सबैलाई गुनस्तरिय प्रदान गर्ने छ र सबैको लागि शिक्षा भन्ने नारा व्याबहारिक हुनेछ भन्ने हामीले ठानेकाछौ ।  यो बिधालयलाई यस छेत्रकै एउटा नमुना बिधालय बनाउन हामी लागेको र यस अभियानमा बिद्यार्थी शिक्षक ,बिधालय र अभिभावाक सबै महत्वपूर्ण भूमिका रहेको कुरा शेर गर्न चाहन्छु। आज बिधालयले  जुन बिकास गर्दै गएको छ । त्यसमा सबैको महत्वपूर्न भूमिका रहेको भावना राख्दै यहाँ उपस्थित सम्पुर्ण महानुभाव ज्युहरुलाई पुन स्वागत गर्दै बिदा चाहन्छु। धन्यवाद ।

Thursday, March 3, 2011

John's class room

I was very happy to visit the class room of John. He is teacher for year three. his students are very smart.I liked his teaching method. He has made many teaching materials himself.he has collected many words from inter net(abcteach.com and sparklebox.com.uk).His class room is very well.makes drawing to students what are thier likes and dislikes.he has 7 notice boards,three white boards,one electric boards and three drawers and two tables.On  friday(some time), His students bring  some photos od some animals or place etc on pendrive and explain thier friends.he has made many math games like bingo,cards and ludo.